शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीले गरिन् काँक्रेविहारको भ्रमण

मङ्गलबार, १७ जेठ २०७९, १८ : ५७
मङ्गलबार, १७ जेठ २०७९

अनौपचारिक भ्रमणका लागि सुर्खेत पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको भ्रमण गरेकी छन् ।  मंगलबार सुर्खेत आएकी राष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको भ्रमण गरेकी हुन् ।

भ्रमणका क्रममा वीरेन्द्रनगर नगरपालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी मंगलबार दिउँसो १ः४५ बजे सुर्खेत आएको जानकारी दिए ।

राष्ट्रपति भण्डारी मंगलबार सुर्खेतमै वास बस्ने र बुधबार बाजुराको​ बडिमालिका दर्शनका लागि जाने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप