लमजुङका कुन स्थानीय तहले कति पाए बजेट ?
आगामी आर्थिक वर्ष २०७९÷०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको बजेटमा लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रूपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
जिल्लाका चार नगरपालिकाका लागि एक अर्ब ८५ करोड ६० लाख रूपैयाँ र चार गाउँपालिकाका लागि एक अर्ब ३१ करोड ८३ लाख रूपैयाँ विनियोजन भएको छ । चालु आर्थिक वर्ष ०७८÷०७९ का लागि जिल्लाका आठ स्थानीय तहलाई दुई अर्ब ८४ करोड ६७ लाख विनियोजन भएको थियो ।
तर, सङ्घीय सरकारले चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ३२ करोड ७६ लाख बढी बजेट विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये सर्वाधिक सदरमुकामसमेत रहेको बेसीशहर नगरपालिकाले सबैभन्दा धेरै ४८ करोड १५ लाख बजेट पाउने भएको छ ।
बेसीशहरले चालु आर्थिक वर्षमा ४६ करोड ३५ लाख बजेट पाएको थियो । जिल्लाको राइनास नगरपालिकाले भने ४७ करोड ५० लाख रूपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा राइनासले ३८ करोड ५९ लाख रुपैयाँ बजेट पाएको थियो ।
मध्यनेपाल नगरपालिकाले ४६ करोड ४५ लाख रुपैयाँ, सुन्दरबजार नगरपालिकाले ४३ करोड ५० लाख, दोर्दी दोर्दी गाउँपालिकाले ४३ करोड ६९ लाख, मस्र्याङ्दी गाउँपालिकाले ३७ करोड ३२ लाख र दूधपोखरी गाउँपालिकाले २५ करोड ५३ लाख रूपैयाँ बजेट पाउने भएको छ ।
आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा कम बजेट क्होलासोँथार गाउँपालिकाले पाउने भएको छ । क्होलासोथारका लागि २५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण