गुठीचौर गाउँपालिकाको स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिने
बुधबार, १८ जेठ २०७९, ११ : ५६
जुम्लाको गुठीचौर गाउँपालिकाले आफ्नो गाडी स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । एम्बुलेन्सको व्यवस्था नहुँदासम्म गाउँपालिकाले स्कार्पियोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको हो ।
गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले गाउँपालिकाको गाडी एम्बुलेन्स नआउँदासम्म बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको बताए । ‘गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छैन । बजारदेखि गुठीचौर गाउँपालिका टाढा छ । त्यसैले गम्भीर खालका बिरामीको सहजताका लागि गाउँपालिकाको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । उनले गाउँपालिकाले तत्काल एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाउन लागेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण