शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो एक सय भाग प्रशारणको खुसीयाली

बुधबार, १८ जेठ २०७९, १९ : ५०
बुधबार, १८ जेठ २०७९

हास्य टेलिश्रृखंला ‘अति भो’ले आफ्नो प्रशारणको एक सय भाग पूरा गरेको छ । नेपाल टेलिभिजनमा हरेक आइतबार राती प्रशारण हुँदै आएको सिरियलले यसै साता एक सय भाग पूरा गरेको हो ।

सुरज खनालको निर्देशनमा प्रसारण हुँदै आएको टेलिश्रृखं​मा कलाकार तथा मोडल रियाशा दाहालको मुख्य अभिनय रहेको छ । त्यसैगरी सुरज खनाल, शर्मिला शर्मा, बिमला गिरी, लक्ष्मण बस्नेत, रिता सिवाकोटी, शिवराज तिमल्सेना, सुबु शाही, धनराम मुस्कान, रोशनी कार्की लगायतको अभिनय देख्न सकिन्छ । 

निर्देशक खनाल र ओकेश पनेरुको लेखन रहेको टेलिश्रृखंलाई मिडिया हब प्रालिले प्रस्तुत गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप