माधव नेपालले गरे काँक्रेविहारको अवलोकन
शुक्रबार, २० जेठ २०७९, १९ : ४७
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुर्खेतको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेका छन् । पार्टीको कार्यक्रममा बिहीबार सुर्खेत आएका नेपालले शुक्रबार दिउँसो काँक्रेविहारको भ्रमण गरेका हुन् ।
उनले बुलबुले तालको पनि अवलोकन गरेका छन् । यसअघि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काँक्रेविहारको अवलोकन गरेकी थिइन् । नेपालले बिहीबार एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थिए भने जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा र कमरेड पुष्पलाल विषयमा अन्तरक्रिया गरेका छन् । शुक्रबार पनि नेपालले पार्टीका नेता, कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । नेपाल शनिबार मात्र काठमाडौं फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण