बेलायतमा नेपाली शैलीमा मनाइँदै ‘प्लेटिनम जुब्ली’
बेलायातको मिडल्यान्डस्थित लेष्टर सहरमा नेपाली शैलीमा बेलायती महारानी एलिजावेथ द्वितीयको ‘प्लेटिनम जुब्ली’ मनाउने तयारी गरिएको छ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयले सत्ता सम्हालेको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा बिहीबार लन्डनमा विविध कार्यक्रमको आयोजना गरिएको थियो । सात दशक सिंहासनमा बसेर नयाँ कीर्तिमान कायम गरेकी ९६ वर्षीय महारानीको उपस्थितिमा लन्डनमा एक ऐतिहासिक समारोह सम्पन्न भयो, जहाँ हजारौँ मानिसहरूको सहभागिता रह्यो ।
महारानीको ‘प्लेटिनम जुब्ली’ को अवसर पारेर नेपाली समुदायको तर्फबाट पनि एक विशेष कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयाँलले जानकारी दिए । ‘कार्यक्रममा सहभागिता हुन धेरैले उत्साह जनाएका छन्, ६ सय भन्दा बढी मानिसहरूको उपस्थिति हुने आशा गरेका छौँ’ फुयाँलले बताए ।
लन्डन सहरबाट करिब एक सय साठी किलोमिटरको दुरीमा रहेको लेष्टर सहरमा आयोजित सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय लेष्टरशायरका मेयर जर्ज कोल र सांसद क्लडिया वेब, एनआरएनए अध्यक्ष कुल आचार्य, बीबीसी मास्टर सेफ सन्तोष साह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ ।
यही जुन ६ तारिख सोमबार साँझ लेष्टरको रामगर्हिया कम्युनिटी सेन्टरमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा नेपालका आधा दर्जन राष्ट्रिय कलाकारहरुको उपस्थिति रहनेछ । आयोजकले दिएको जानकारी अनुसार वीरु लामा, कल्पना श्रीपाल, अस्मिता डल्लाकोटी, विशाल रायमाझी, तुल्सी क्षेत्री, कृष्ण अखेली, भूमिका शाह र शान्ता रानी परियारलगायत गायक गायिकाले सांगीतिक प्रस्तुति गर्नेछन् । साथमा मोडल रीना थापा मगरले पनि नृत्य देखाउनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण