कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार ल्याइँदै
सोमबार, २३ जेठ २०७९, ०९ : ३१
कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम मंगलबार ल्याउने भएको छ । आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ल्याउने उक्त नीति तथा कार्यक्रमको उद्देश्य, सिद्धान्त र प्राथमिकता यसअघि नै संसदमा प्रस्तुत भइरहेका छन् ।
आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने बर्षका रुपमा लिने सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए ।
यो पहिलो कार्यकालको अन्तिम बजेट हो,’उनले भने,‘यसअघि थुप्रै आयोजनाहरु अधुरा छन् । ति आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्ने भन्दा पनि पुराना योजनामा बजेट थप्ने र कार्यान्वयन गरिनेछ ।’ उनका अनुसार आगामी आवका लागि ल्याइने बजेट विगत भन्दा केही घटेर आउने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण