रजतपटसहित प्रकाश सुवेदीको तीनवटै कार्यक्रम बन्द हुने
सोमबार, २३ जेठ २०७९, १४ : ४७
‘रजतपट अंकल’ का रुपमा परिचित रंग पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएका चर्चित तीन टेलिभिजन कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ बन्द हुने भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको र बेलाबेलामा विवादमा पर्ने यी कार्यक्रममा अव सधैका लागि बन्द हुने भएका हुन् ।
कार्यक्रम संचालक प्रकाश सुवेदी आफैले बन्द गर्न लागेका हुन् । तीन वटै कार्यक्रम आफूले नै बन्द गर्न लागेको संचालक सुवेदीले बताए । ‘कार्यक्रमबाट धेरै विवादमा पनि परियो’ सुवेदीले भने ‘कार्यक्रम पनि धेरै भएकोले बन्द गर्न लागेको हो ।’ तीनवटै कार्यक्रम बन्द गरेर एक कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ ल्याउन लागेको उनले सुनाए ।
‘द प्रकाश सुवेदी शो असार २ गतेदेखि प्रसारणमा आउने छ । ‘द प्रकाश सुवेदी शो’ तीनवटै कार्यक्रमको समिश्रण हुने सुवेदीले जनाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण