जिसस जुम्लाको प्रमुखमा काँग्रेसबाट आचार्य सिफारिस
सोमबार, २३ जेठ २०७९, १८ : १२
जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेपाली काँग्रेसले गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । आचार्य चन्दननाथ नगरपालिका १ नम्बर वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् । कर्णाली प्रदेश संसदीय समितिको निर्णयले काँग्रेसले जुम्ला जिल्लाको समन्वय प्रमुखमा आचार्यलाई उम्मेदवार बनाएको हो ।
आठ स्थानीय तह रहेको जुम्लामा काँग्रेस एक्लैले पाँच स्थानीय तह प्रमुख जितेको छ । त्यसैले यहाँ जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख काँग्रेसकै बन्ने पक्का छ । जिल्ला समन्वय समितिको लागि काँग्रेसको ५, माओवादी केन्द्रका २ र एक स्वतन्त्र मत छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा जुम्लामा माओवादी केन्द्र जिल्ला समन्वय समिति प्रमुख र काँग्रेस उपप्रमुख रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण