मिस नेपाल वल्र्डका प्रतियोगीलाई ओपनिङमा आईएफटीको पहिरन
‘मिस नेपाल वल्र्ड–२०२२’ का २४ सुन्दरी अहिले प्रशिक्षणमा जुटेका छन् । मिस नेपालको ताज आफ्ना शिरमा सजाउने लक्ष्यका साथ उनीहरु प्रशिक्षणमा जुटेका हुन् ।
यो वर्ष प्रतियोगीले स्पर्धामा आईआईएफटीका डिजाइन पनि प्रयोग गर्ने भएका छन् । उनीहरुले ओपनिङ राउण्डमा इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी(आईआईएफटी)का विद्यार्थीहरुले डिजाइन गरेका पहिरनमा प्रस्तुत हुने भएका हुन् । जसको अजानकारी आईआईएफटीले दिएको छ ।
४ असारमा ग्राण्ड फिनाले हुने प्रतियोगीताका लागि आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले पहिरन तयार गर्नेछन् । फेसन डिजाइनरहरुमा पेशल खड्का, पम्फा श्रीष मगर, संगी आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाही रहेका छन् । जसलाई मार्ग निर्देश गर्ने काम आईआईएफटीकी निर्देशक विपना थापा र एकेडेमिक हेड सविन ढुंगानाले गरिरहेका छन् ।
डिजाइनरहरुले २४ प्रतियोगीका लागि चार वटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ । तर, थिमबारे खुलाइएको छैन । आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ । आईआईएफटीले केही दिन अगाडि पनि राजधानीमा एक फेसन शो आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण