जुम्लाको जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध
जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकीकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काँग्रेसका तर्फबाट प्रमुख पदमा गौरीनन्द आचार्य र नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट उपप्रमुख पदमा थकालीको मात्रै मनोनयन दर्ता भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समितिमा काँग्रेसको तर्फवाट प्रमुख सहित सात जना र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपप्रमुखसहित २ जनाको मात्रै मनोनयन दर्ता भएको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा जुम्लामा काँग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।
नवनिर्वाचित जिल्ला समन्वय प्रमुख चन्दननाथ नगरपालिका १ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । आचार्य काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका एकीकृत समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । थकालीले कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए ।
त्यस्तै काँग्रेसबाट अन्य सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, एकीकृत समाजवादीका पदमबहादुर रावतले मनोनयन गरेका छन् । यसैगरी महिला सदस्यमा खिमा लक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढाको मनोनयन दर्ता भएको छ । यसैगरी काँग्रेसका नरविर सुनार दलित तथा अल्पसंख्यक सदस्य मनोनयन भएका छन् ।
जुम्लामा ८ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा काँग्रेसले ५ पालिकामा अध्यक्षसहित २ उपाध्यक्ष र चन्दननाथमा नगरउपप्रमुख जितेको थियो । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष उपाध्यक्ष र तातोपानी र पातारासी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले गोठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।
चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले नगर उपप्रमुख जितको थियो । कुल १६ मतदातामध्ये ८ काँग्रेस, ६ माओवादी केन्द्र, १ समाजवादी र १ स्वतन्त्र छन् । समाजवादी र काँग्रेसको गठबन्धन भएपछि माओवादीको उम्मेदवार मनोनयन भएको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण