इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड, के थियो अपराध ?
बुधबार, २५ जेठ २०७९, ०८ : २५
इस्लामिक गणतन्त्र इरानको दक्षिण पूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएको एक गैरसरकारी संस्थाले जनाएको छ ।
मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई सोमबार बिहान अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान–बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले जनाएको छ ।
सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागुऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो । तर, कुनै पनि मृत्युदण्डको इरानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छैनन् नत सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । मृत्युदण्ड पाउनुअघि गार्जिज नामले चिनिने महिलामाथि श्रीमानको हत्या गरेको अभियोग लागेको थियो । उनी सन् २०१९ मा पक्राउ परेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण