लुम्बिनी प्रदेशको नीति कार्यक्रम : कृषिलाई प्राथमिकता
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
१०औँ अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नीति कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइने छ ।
नीति कार्यक्रमले निर्धारण गरेका प्राथमिकताका आधारमा बजेट ल्याउने तयारी पनि प्रदेश सरकारले गरेको छ । यसअघि प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि दुई दिन पर सारिएको थियो । आगामी असार १ गते सार्वजनिक हुने बजेटका लागि प्रदेश सरकारले प्रि– बजेट छलफल कार्यक्रम पनि चलाइरहेको छ ।
अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल गराइरहेको आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण