पुस्तक ‘खलंगामा हमला’ माथि फिल्म बन्ने
मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ माथि फिल्म बन्ने भएको छ । विनोद विष्टले पुस्तकमा माथि फिल्म बनाउन लागेका हुन् । ‘खलंगामा हमला’ राधा पौडेलले झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनाको बिषयमा लेखेको पुस्तक हो ।
निर्देशक विष्टले मंगलबार साँझ राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरेका हुन् । विष्टले यसअघि झमक घिमिरेको पुस्तक ‘जीवन काँडाकी फूल’ माथि फिल्म बनाएका थिए । ‘यसअघि धेरैबाट पुस्तकमाथि फिल्म बनाउ माग गरिएको थियो’ लेखिका पौडेलले भनिन् ‘विनोद दाइले यसअघि बनाएको जीवन काँडा कि फूल हेरेपछि उहाँलाई विश्वास गर्न सके ।’
निर्देशक विष्टले जीवन काँडा कि फूल बनाइसकेपछि धेरै पुस्तक पढेको र ‘खलंगामा हमला’ पुस्तकले आफ्नो मन छोएको बताए । विष्टले खलंगामा खासमा के भएको थियो भन्ने विषयमा आममानिसमा जिज्ञासा रहेको र त्यो कुरालाई आफूले फिल्ममा विशेष तरिकाले देखाउने सुनाए ।
निर्देशक विष्टले फिल्ममा अभिनय गर्ने कलाकार तय हुन बाँकी रहेको जानकारी दिए । उनका अनुसार यो फिल्म निर्माणका लागि तीन करोड बजेट छुट्याइएको छ । फिल्म जुम्ला र चितवनमा छायाङ्कन हुनेछ । लेखिका पौडेलको यो पुस्तक २०१३ मा सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण