सदीक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर
पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ अमेरिकाको न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०२२ को लागि आधिकारिक कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को भूमिका निर्वाह गर्ने भएकी छिन । मिस नेपाल नर्थ अमेरिका आयोजकले उनलाई २०२२ को लागि पनि आधिकारिक कोरियोग्राफरको रुपमा नियुक्त गरेको घोषणा गरेको छ ।
मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)को स्थापना काल देखि नै लगातार जोडिएकी श्रेष्ठले यस पटक पनि प्रतियोगिता भरि उनले प्रशिक्षण दिने छिन् ।
विगतमा सफलतापूर्वक सम्पन्न भएका ३ वटा प्रतियोगितामा प्रतियोगीहरुलाई उत्कृष्ट तालिम दिई प्रतियोगीहरुको आत्मविश्वास वृद्धि गर्दै श्रेष्ठले प्रतियोगितालाई अर्को तहमा पुर्याएकी छिन ।
सदीक्षा श्रेष्ठ पूर्व नेपाल सुन्दरी हुन् भने उनि मिस नेपाल वर्ल्ड ९नेपाल बिश्व सुन्दरी०२०१० हुन् । उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ ।
प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूको लागि आवेदन पत्र दिने अन्तिम मिति आगामी जुन २९ तोकिएको छ । आयोजक समूहको संस्थापक तथा संचालक शैलेश श्रेष्ठले प्रतियोगितामा सहभागी हुन् शीघ्र नाम दर्ता गराउन इच्छुक सबैलाई आग्रह गरेका छन् ।
ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ६ ,२०२२ को दिन शनिवारका न्यूयोर्क शहरमा हुनेछ ।
१२ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिका९उत्तर अमेरिका नेपाल सुन्दरी ०प्रतियोगिताको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण