आर्यन भन्छन्–मेरो इज्जतलाई बर्बाद गरियो
२ अक्टोबर, २०२१ को त्यो दिन, जतिबेला बलिउड अभिनेता शाहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँशुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे, जहाँ उनले आर्यनसहित ६ अन्य व्यक्तिलाई पक्राउ गरेका थिए ।
यो मुद्धाको सुरुवातदेखि नै आर्यनसँग लागुऔषध नभएको दाबी गरिँदै आएको थियो । तर, पनि उनले अक्टोबरमा २० दिनसम्म जेलको हावा खानु पर्यो । यद्यपि, उनीसँग कुनै लागुऔषध नभेटिएको भन्दै २८ मे २०२२ मा उनलाई क्लिन चिट दिइयो । यो विषयमा शाहरुख र उनको परिवारका कोही पनि सदस्यले केही बताएका छैनन् ।
तर, एनसीबीका कार्यकारी निर्देशक जनरल सञ्जय सिंहले यो विषयलाई लिएर आर्यनसँग जोडिएको एक कुराको खुलासा गरेका छन् ।
सञ्जयका अनुसार जब लागुऔषध मामलामा आर्यनसँग उनी बयान लिन गएका थिए, त्यो बेला आर्यनले ‘के म यसको लायक थिएँ ?’ भनी प्रश्न गरेका थिए । ‘सर तपाईंले मलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्कर बनाउनुभयो । म लागुऔषधमा पैसा लगाउँछु । के यो कुरा बेतुकको लाग्दैन ? मसँग कुनै लागुऔषध थिएन, तर पनि मलाई पक्राउ गरियो । तपाईंले ममाथि धेरै गलत काम गर्नुभयो र मेरो इज्जतलाई बर्बाद गर्नुभयो । मलाई यति लामो हप्ता किन जेलमा बिताउनुपर्यो । के म वास्तवमै लायक थिए ?’, आर्यनले आफूलाई भनेको सञ्जयले स्मरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण