आर्यन भन्छन्–मेरो इज्जतलाई बर्बाद गरियो

२ अक्टोबर, २०२१ को त्यो दिन, जतिबेला बलिउड अभिनेता शाहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँशुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे, जहाँ उनले आर्यनसहित ६ अन्य व्यक्तिलाई पक्राउ गरेका थिए ।
यो मुद्धाको सुरुवातदेखि नै आर्यनसँग लागुऔषध नभएको दाबी गरिँदै आएको थियो । तर, पनि उनले अक्टोबरमा २० दिनसम्म जेलको हावा खानु पर्यो । यद्यपि, उनीसँग कुनै लागुऔषध नभेटिएको भन्दै २८ मे २०२२ मा उनलाई क्लिन चिट दिइयो । यो विषयमा शाहरुख र उनको परिवारका कोही पनि सदस्यले केही बताएका छैनन् ।
तर, एनसीबीका कार्यकारी निर्देशक जनरल सञ्जय सिंहले यो विषयलाई लिएर आर्यनसँग जोडिएको एक कुराको खुलासा गरेका छन् ।
सञ्जयका अनुसार जब लागुऔषध मामलामा आर्यनसँग उनी बयान लिन गएका थिए, त्यो बेला आर्यनले ‘के म यसको लायक थिएँ ?’ भनी प्रश्न गरेका थिए । ‘सर तपाईंले मलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्कर बनाउनुभयो । म लागुऔषधमा पैसा लगाउँछु । के यो कुरा बेतुकको लाग्दैन ? मसँग कुनै लागुऔषध थिएन, तर पनि मलाई पक्राउ गरियो । तपाईंले ममाथि धेरै गलत काम गर्नुभयो र मेरो इज्जतलाई बर्बाद गर्नुभयो । मलाई यति लामो हप्ता किन जेलमा बिताउनुपर्यो । के म वास्तवमै लायक थिए ?’, आर्यनले आफूलाई भनेको सञ्जयले स्मरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको 'केटुके ड्राइभ' सुरु
-
हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अस्थायी रोक
-
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या
-
ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह
-
बेंगलुरु दुर्घटना : भागदौडको घटनामा दुई जना पक्राउ
-
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने