दृष्टिले जितिन् ‘मिस एसईई नेशनल २०२२’ को ताज
काठमाडौँ । ‘मिस एसईर्य नेशनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । उनले २१ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्तिलगायत हात पारेकी छन् ।
शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतमा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए । युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगितामा पब्लिक चोइस प्रमीशा चौलागाई, फष्ट रनरअप पब्लिक चोइस दृष्टि बस्नेत, भियुर्स चोइस प्रमीशा चौलागाई, फष्टरनरअप भियुर्स चोइस मञ्जिशा कुँवर, म्यानेजमेन्ट चोइस तृषा अर्याल, मिस ट्यालेन्ट लिपी दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, वेष्ट वाक पूजा पराजुली, वेष्ट पुर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोष्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोस्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोस्ट एक्टिभ जिज्ञाशा केसी लगायतले हात पारे ।
धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन ब्यवसायी तथा समाजसेवी संगिता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगीतको केरियोग्राफी रोजिन शाक्यले गरेका थिए । एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण