गीतकार चाम्लिङको नयाँ गीत ‘ओ नाना ताया’ सार्वजनिक
गीतकार टीका चाम्लिङको रचनामा ‘ओ नाना ताया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राई नवीनको सङ्गीत र सुन्दर रोदुङको आवाज रहेको गीतको भिडियो आदिम आवाज अनलाइन टिभीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा दश वर्षे सशस्त्र आन्दोलनमा एक सामान्य परिवारले भोग्नु परेको पीडाको कथा समेटिएको छ ।
गीतमा सङ्गीत संयोजन नोर्वु शेर्पा, रेकर्डिष्ट पदम रजान मगर, मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङको रहेको छ । गीतको भिडियोको छायांकनका खोटाङको नुनथला क्षेत्रमा गरिएको हो । भिडियोमा भूमिकामा प्रमिला राई, इसम्बु चाम्लिङ राई, सुम्निमा चाम्लिङ राई, कुमार राई, बालकलाकारका रूपमा नाकिमा चाम्लिङ राईलगायत छन् ।
भिडियोमा क्यामेरा तथा ड्रोन सञ्चालन टार्जन लिम्बूले गरेका हुन् भने लाइटस् जयन्द्र कुँवर र रङ संयोजन तथा सम्पादन दिपेन बस्न्यातको रहेको छ । भिडियोको कथा तथा परिकल्पना गीतकार चाम्लिङ स्वयंको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण