ओलम्पिक डे पारेर फुटबलमा भिडे मदनकृष्णसहित तीन दर्जन कलाकार
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, भुवन केसीदेखि अभिनेत्री छुल्ठिम गुरुङसम्म करिब तीन दर्जन बढी कलाकार फुटबल प्रतिस्पर्धा उत्रिएका छन् । फिल्म, गीतसंगीत, मोडलिङ लगायत कलाकारिताको विभिन्न क्षेत्रका क्रियासिल कलाकार ‘ओलम्पिक डे २०२२’ पारेर फुटबल प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कलाकार संघले आइतबार एन्फा फुटबल ग्राउण्ड सातदोबाटोमा आयोजना गरेको खेलमा कलाकारले रातो र निलो जर्सी गरेर दुई टोली बनाएर फुटबल खेलेका थिए । रातो जर्सी भुवन केसीको टिम रहेको थियो, भने निलो जर्सीमा मदनकृष्ण श्रेष्ठको टिम रहेको थियो । रातो टिमको क्याप्टेन अभिनेता धिरन शाक्य रहेका थिए, भने निलो टिमको क्याप्टेनसिप अभिनेता सुनिल थापाले सम्हालेका थिए । दुई टिमको मैत्रीपुर्ण खेल रातो टिम अर्थात भुवनको टिमले मदनकृष्णको टिम अर्थात निलो जर्सीलाई ३ गोलको विरुद्ध ५ गोल गर्दै जित हासिल गरेको थियो । उल्लेख्य दर्शकको उपस्थिती रहेको कार्यक्रममा कलाकारको फुटबल खेल हेरेर दर्शक पेट मिचिमिची हाँसेका थिए ।
स्पोर्टस् फर अल केन्द्रीय समितीको सहकार्य समेत रहेको खेलमा मदनकृष्ण र भुवनको अलवा शिव श्रेष्ठ, धिरन शाक्य, सुनिल थापा, सरोज खनाल, मोहन निरौला, रबिन्द्र खड्का, किरण केसी, उत्तम केसी, निर्मल शर्मा, गजित बिष्ट, मोडलिङ संघका अध्यक्ष दिनेश शाही, लोक गायक बन्द्री पंगेनी लगायतको उपस्थिती कलाकारले पालैपालो फुटबल खेलेका थिए । कार्यक्रममा कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले मैत्रिपर्ण फुटबलले कलाका विभिन्न क्षेत्रमा रहेका कलाकारलाई एक ठाउँमा जोड्ने काम गरेको बताए । उनले फुटबलमा हारजित जे भएपनि कलाकार कलाकारको एकता कायम रहनु पर्नेमा धारणा राखेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण