पोचेटिन्होले पीएसजी छाड्ने
सोमबार, ३० जेठ २०७९, १२ : ००
पेरिस सेन्ट जर्मेनका प्रशिक्षक माउरिसियो पोचेटिन्होले क्लब छाड्ने भएका छन् । क्लबका अधिकारीहरूसँग छलफलपछि पोचेटिन्होले सो निर्णय लिएका हुन् ।
पीएसजीले यसबारे औपचारिक घोषणा गर्न बाँकी रहे पनि टोटनह्यामका पूर्व म्यानेजरले आफ्नो करारको अन्तिम वर्ष पुरा नगर्ने बताइएको छ । पोचेटिन्होको स्थानमा जिनेदिन जिदान, जोसे मोरिन्हो र निसका प्रशिक्षक क्रिस्टोफर गाल्टियर आउने चर्चा रहेको छ ।
पीएजसीले गत सिजन फ्रेन्च लिगको उपाधि जिते पनि ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षकले टोलीलाई च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अघि लैजान सकेनन् । पोचेटिन्होले आफ्नो म्यानेजरियल करियरमा पहिलो ट्रफीका रूपमा पीएसजीबाट सन् २०२१ मा कोप डे फ्रान्स र सन् २०२२ मा लिग वान उपाधि जिते पनि क्लबको व्यवस्थापन उनको प्रदर्शनबाट सन्तुष्ट थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण