तस्बिर सार्वजनिक गर्दै इन्दिराले भनिन्, ‘यसलाई सरल र आत्मीय राख्ने निर्णय गर्यौँ’
सोमबार, ३० जेठ २०७९, १२ : ०९
चर्चित गायिका इन्दिरा जोशी मंगलबार विवाह बन्धनमा बाँधिदै छिन् । उनले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन् । आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन् ।
आइतबार नै उनको विवाह अगाडि गरिने हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको र त्यो एकदमै राम्रो भएको उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् ।
‘मेरो बगैँचामा हल्दी कार्यक्रम आयोजना भयो । हामीले यसलाई सरल र आत्मीय राख्ने निर्णय गरेका छौँ,’ उनले भनेकी छन्, ‘धेरै सन्देश र शुभकामना प्राप्त गर्दैछु । माया र आशीर्वादका लागि सबैलाई धन्यवाद ।’
केही समय अघि उनले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण