‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु
‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु भएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगिताको पहिलो अडिसन समेत सम्पन्न भएको छ ।
बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसनमा ४० प्रतियोगी छनौट भएका छन् । अडिसनमा एकसय बढी बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको अर्काे अडिसन छिट्टै आयोजना हुने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु, अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार र चर्चित अभिनेत्री संञ्चिता लुइटेल अडिसनको निर्णायकमा रहेका थिए ।
७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागित रहने प्रतियोगिताको दोस्रो अडिसनपछि छानिएका सबै प्रतियोगी विभिन्न प्रशिक्षणमा जुट्ने छन् । शो क्रममा उनीहरुलाई विभिन्न विधामा अन्तराष्ट्रिय मापदण्ड अनुसार अन्तराष्ट्रिय प्रतियोगिताका लागि तयार गरिनेछ । अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुको कोरियोग्राफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोगीका ड्रेस डिजाइन तयार गर्नेछिन् । फाइनल स्पर्धाको मिति केही पछि सार्वजनिक गरिने बताइएको प्रतियोगितामा शीर्षसहित दर्जन बढी उप–विजेता छानिने छन् । विजेताहरुले उपाधिका साथमा विभिन्न गिफ्ट समेत प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण