एसिया कप छनोट : नेपालले आज इन्डोनेसियाको सामना गर्ने
एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवेत सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १०) सुरु हुनेछ ।
इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हुन् ।
यद्यपि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत र यस अघि समेत इन्डोनेसियाको खेल हेरेका कारण आत्मविश्वासी छन् । उनी युवा टोलीबाट कम्तिमा एक खेल आफ्नो पक्षमा पार्न चाहन्छन् ।
तर, प्रतियोगितामा इन्डोनेसिया बलियो स्थितिमा रहेको छ । उसले पहिलो खेलमा घरेलु टोली कुवेतलाई २–१ अन्तरले पराजित गरेको थियो । डिफेन्सिभ खेलसँगै इन्डोनेसिया काउन्टर खेलमा बलियो देखिएको छ । दोस्रो खेलमा भने इन्डोनेसिया बलियो टोली जोर्डनसँग १–० अन्तरले पराजित भएको थियो ।
यता, नेपाल भने पहिलो खेलमा जोर्डनसँग शसक्त प्रदर्शन गर्दै २–० अन्तर र कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो । अर्को खेलमा जोर्डन र आयोजक कुवेतबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा विजयी भए जोर्डन सिधै एएफसी कपमा छनोट हुनेछ ।
यदि कुवेत २–० अन्तर बढी जित भएमात्रै फाइनल चरणमा स्थान बनाउने छ । जारी प्रतियोगितामा जोर्डन ६ अंक सहित शीर्ष स्थानमा छ । कुवेत र इन्डोनेसिया समान ३ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहँदा नेपाल पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण