बाढी पूर्वानुमान : केही साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार प्रदेश १ को इलाम, झापा; गण्डकी प्रदेशको स्याङ्जा, कास्की, तनहुँ, लमजुङ गोरखा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाको पुर्वानुमान छ ।
यसकाे साथै ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सुनसरी, मोरङ, प्रदेश २ का जिल्लाहरू लगायत मकवानपुर, धादिङ, नुवाकोट र आसपास जिल्ला भई वहने केही स-साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण