बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

बाढी पूर्वानुमान : केही साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने

मङ्गलबार, ३१ जेठ २०७९, ०९ : २७
मङ्गलबार, ३१ जेठ २०७९

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार प्रदेश १ को इलाम, झापा; गण्डकी प्रदेशको स्याङ्जा, कास्की, तनहुँ, लमजुङ गोरखा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाको पुर्वानुमान छ । 

यसकाे साथै ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सुनसरी, मोरङ, प्रदेश २ का जिल्लाहरू लगायत मकवानपुर, धादिङ, नुवाकोट र आसपास जिल्ला भई वहने केही स-साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप