टिभी बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने एलजीको उद्देश्य
दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको एलजी इलेक्ट्रोनिक्सका इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाकह्युनकिमले जानकारी दिए ।
एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको हो । “हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,”ह्युमकिमले भने ।
ह्युमकिम थप्छन् – भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियालीफर्मको २०२१ मा लगभग २७ प्रतिशतबजार हिस्सा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण