शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेटफ्लिक्सले स्क्वीड गेमको रियालिटी टीभी शो ल्याउने

बुधबार, ०१ असार २०७९, ०९ : ११
बुधबार, ०१ असार २०७९

नेटफ्लिक्सको सबैभन्दा लोकप्रिय शृङ्खला, स्क्वीड गेमबाट प्रेरित रियालिटी टिभी कार्यक्रमका लागि सहभागीहरूलाई भर्ती गर्ने भएको छ । यद्यपि, दक्षिण कोरियाली नाटकमा चित्रण गरिएझैँ दाउमा जीवन वा मृत्यु भने हुनेछैन।

यसको सट्टा, विश्वभरका ४५६ सहभागीहरूले खेल खेल्नेछन् जहाँ ‘सबैभन्दा खराब भाग्य भएका खाली हात घर जानेछन्’ । उनीहरू ४५.६ लाख डलर पुरस्कारबाट वञ्चित हुनेछन् । बुधबार, प्लेटफर्मले १०-एपिसोडको शृङ्खला - स्क्विड गेम: द च्यालेन्ज - रियालिटी टिभी इतिहासमा सबैभन्दा ठूलो कास्ट र नगद पुरस्कार भएको शो हुने घोषणा गरेको छ । सहभागीहरू कम्तीमा २१ वर्षको हुन आवश्यक छ । उनीहरूले अङ्ग्रेजी बोल्नैपर्छ, र २०२३ को सुरुमा ४ हप्तासम्म सुटिङका लागि उपलब्ध हुनुपर्दछ।

दक्षिण कोरियाली थ्रिलर शृङ्खलामा ऋणमा डुबेका मानिसहरूलाई बालबालिकाको खेलहरूको घातक शृङ्खलामा ठूलो नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्ने कथा देखाइएको छ । यसले नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय शृङ्खलाको रूपमा रेकर्ड राखेको छ । यसको सुरुवातको पहिलो २८ दिनमा १११ मिलियन प्रयोगकर्ताहरूद्वारा स्ट्रिम गरिएको थियो। नेटफ्लिक्सले यो लोकप्रिय शृङ्खला दोस्रो सिजनका लागि नवीकरण हुने यस हप्ताको सुरुमा नै घोषणा गरिसकेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप