मामाले छापेको नक्कली नोट भान्जाबाट कारोबार, दुई जना पक्राउ
नेपाल प्रहरीले नक्कली नोट सहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भई सोही स्थानमा बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो ।
धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा ती किशोरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकल यात्रीको उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला परेपछि वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त नोट निजको मामा नाता पर्ने रामदास रानाले छाप्ने गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
उक्त फोटो स्टुडियोबाट १ हजार दरको २ थान नक्कली नोट, ५ थान रंगिन मसीका डिब्बाहरू, १ थान रंगिन प्रिन्टर, १ थान मनिटर, १ थान सिपियू, १ थान लेमिनेसन मेसिन, १ थान किबोर्डसमेत प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण