विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ
मरुभूमिमा पसिनाका थोपा-थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।
बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ। त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ। तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन्।"
हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
पातपतिङ्गरबाट प्राङ्गारिक मल
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण