अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल
शनिबार, ०४ असार २०७९, ११ : ५१
एक रुसी अदालतले एक अमेरिकी पूर्वकूटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भाङ्ग तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए ।
फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरविरुद्ध गाँजासम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको क्षेत्राधिकारमा सजाय सुनाइएको थियो । अमेरिकाका धेरै भागहरूमा भांगलाई कानुनी मान्यता दिइएको छ । तर, रूसमा अवैध मानिन्छ । ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो’, मस्को उपनगर खिम्कीको एउटा अदालतले एक विज्ञप्तिमा भन्यो ।
अंग्रेजी शिक्षकले व्यावसायिक उद्देश्यबिना लागूपदार्थको ठूलो मात्रामा अवैध भण्डारणको अतिरिक्त ठूलो मात्रामा लागूपदार्थको तस्करी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण