प्रधान सेनापति शर्मा लेबनान प्रस्थान
शनिबार, ०४ असार २०७९, १२ : ४४
प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्द ग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । शर्माले सिरिया स्थित UNDOF को निरीक्षण गरी उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुको बारेमा जानकारी लिनेछन् ।
भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेबनान र सिरियाका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट कार्यक्रम रहेको छ । शर्मासहितको टोली आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ गोलको थ्रिलरमा रियल रोकियो
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली
-
८ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
-
न्यूयोर्क सहरमा 'नेपाल डे परेड' सम्पन्न
-
‘अर्थमन्त्रीलाई मेरो सुझाव छ, कार्यान्वयन गर्न सकिने र स्रोतले धान्ने मात्र बजेट ल्याउनुहोला’