प्रधान सेनापति शर्मा लेबनान प्रस्थान
शनिबार, ०४ असार २०७९, १२ : ४४
प्रधान सेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । द्वन्द ग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न र विभिन्न यूएन मिशनहरुको विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिन प्रधानसेनापति शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । शर्माले सिरिया स्थित UNDOF को निरीक्षण गरी उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुको बारेमा जानकारी लिनेछन् ।
भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेबनान र सिरियाका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट कार्यक्रम रहेको छ । शर्मासहितको टोली आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
क्यानडाको उत्कृष्ट पुनरागमन: रोमाञ्चक बराबरीमा क्यानडा र बोस्निया
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
-
मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
-
इप्पानको नयाँ कार्यसमिति चयनः कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण