अष्ट्रेलिया र क्यानडाको सपना देखाएर २१ लाख ठगी

विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरु उपत्यकामा सक्रिय छन् । काठमाडौं उपत्यकामा सवैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।
बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका ३२ वर्षीय रुपेश कार्कीले अष्ट्रेलिया र क्यानडा पठाउने सपना देखाएर ठगेका छन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
कार्कीले दुई जनाबाट २१ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पोखरा महानगरपालिका घर भएकी २२ वर्षीया युवतीलाई आरोपीले क्यानडा पठाउँछु भनेर ११ लाख ७१ हजार नगद ठगी गरेका हुन् । काठमाडौंको पेप्सिकोला बस्ने २८ वर्षीया अर्की युवतीलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउँछु भनेर उनले ९ लाख ७५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले जानकारी दिए ।
ठगी मुद्दामा प्रहरीले उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपी काठमाडौंको हाँडीगाउँ बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको बैठकमा माइक खोसाखोस, शीर्ष नेता बाहिरिए
-
प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित
-
नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त
-
चार दशकअघिको चर्चित गीत ‘परालको आगो’मा रहने
-
विपद् कोषमा चार अर्ब ६५ करोड भन्दा बढी मौज्दात
-
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा