अष्ट्रेलिया र क्यानडाको सपना देखाएर २१ लाख ठगी
विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरु उपत्यकामा सक्रिय छन् । काठमाडौं उपत्यकामा सवैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।
बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका ३२ वर्षीय रुपेश कार्कीले अष्ट्रेलिया र क्यानडा पठाउने सपना देखाएर ठगेका छन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
कार्कीले दुई जनाबाट २१ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पोखरा महानगरपालिका घर भएकी २२ वर्षीया युवतीलाई आरोपीले क्यानडा पठाउँछु भनेर ११ लाख ७१ हजार नगद ठगी गरेका हुन् । काठमाडौंको पेप्सिकोला बस्ने २८ वर्षीया अर्की युवतीलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउँछु भनेर उनले ९ लाख ७५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले जानकारी दिए ।
ठगी मुद्दामा प्रहरीले उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपी काठमाडौंको हाँडीगाउँ बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण