लागु औषधसहित तीन जना प्रहरी नियन्त्रणमा
सिरहा प्रहरीले भारीमात्रामा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले भारत विहार राज्यको मधुवनी, राजनगरथना गाउँ पन्चायत ७ घर भइ हाल लहान ५ बस्ने २१ वर्षीय मोहमद अखतर, गसु पन्चायत थना पिप्राही १ का २७ वर्षीय धरमेन्द्र ठाकुर र लहान ७ का दयाराम ठकुरका छोरा १८ वर्षीय गौतम ठाकुरलाई लागुऔषधसहित पक्राउ गरेको हो।
प्रहरी टोलीले बिशेष सूचनाको आधारमा लहान नगरपालिका ८ मा रहेको मो.अफजकले सन्चाल्न गरेको अल्मुनियम भाडाको पसल र लहान १ का दयाराम ठाकुरको घरमा खान तलासी गरी डाइजिक्याव ६ सय ४५ एम्पुल, फेरागन ६ सय ४५ एम्पुल, ब्युप्रीनोर्फिन ६ सय ४५ एम्पुल, नाइट्रोभेट ४ सय ८० ट्याबकेट, स्यामोफ्रोक्सोभिन ४ सय ३२ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट ४३ हजार ५ सय नगद, मोबाइल थान ३ थान र मोटरसाइकल एक थान बरामद छ।
मो.अखतरलाई भाडा पसल र धरमेन्द्र ठाकुरलाई दयाराम ठाकुरको घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरुलाई लागु औषध मुद्दामा म्याद थपको लागि सिरहा जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण