इन्डोनेसियाको सौन्दर्य प्रतियोगीतामा नेपालका ५ बालाबालिका सहभागी हुने
इन्डोनेसियाको आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा नेपालका ५ बालबालिकाले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगीतामा नेपाली सौदर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र किड्स अफ दि इयर इन्टरनेशनल यास्ना श्रेष्ठ सहभागी हुने भएका हुन् ।
बाली शहरमा २४ देखि २५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि सबै प्रतियोगी मंगलबार (आज) साँझ बाली उड्दैछन् ।
१० भन्दा बढी राष्ट्रका सहभागी हुने उक्त प्रतियोगितामा बालबालिका नेपाली कला संस्कृतिसहित सहभागी हन लागेका हुन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराउन लागेको हो ।
प्रतियोगितामा बालबालिका लिएर अन्तराष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु पनि सहभागी हुँदैछन् । प्रतियोगितामा बालबालिकाले अन्तराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले नै तयार पारेको नेपाली कला संस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिनेछन् । सबै प्रतियोगी बिभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी हुन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण