मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाको सौन्दर्य प्रतियोगीतामा नेपालका ५ बालाबालिका सहभागी हुने

मङ्गलबार, ०७ असार २०७९, ०८ : ३६
मङ्गलबार, ०७ असार २०७९

इन्डोनेसियाको आयोजना हुने ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ मा नेपालका ५ बालबालिकाले सहभागिता जनाउने भएका छन् ।  

प्रतियोगीतामा नेपाली सौदर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज’ आयु खत्री, रिदम नेपाल, कृषा खड्गी, कर्मा कलसंग सुरुते र किड्स अफ दि इयर इन्टरनेशनल यास्ना श्रेष्ठ सहभागी हुने भएका हुन् ।

बाली शहरमा २४ देखि २५ जुनसम्म आयोजना हुने उक्त  प्रतियोगिताका लागि सबै प्रतियोगी मंगलबार (आज) साँझ बाली उड्दैछन् । 

१० भन्दा बढी राष्ट्रका सहभागी हुने उक्त प्रतियोगितामा बालबालिका नेपाली कला संस्कृतिसहित सहभागी हन लागेका हुन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराउन लागेको हो । 

प्रतियोगितामा बालबालिका लिएर अन्तराष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजु पनि सहभागी हुँदैछन् । प्रतियोगितामा बालबालिकाले अन्तराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार फैजुले नै तयार पारेको नेपाली कला संस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा आफ्नो प्रस्तुति दिनेछन् । सबै प्रतियोगी बिभिन्न प्रशिक्षण सहित प्रतियोगितामा सहभागी हुन लागेका हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप