जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव
मङ्गलबार, ०७ असार २०७९, १२ : ०६
रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै छाडेका छन् । सुरु–सुरुमा आयुर्वेद स्वास्थ्योपचारतिर आकर्षित भएका नागरिक पछिल्लो समय औषधि पाउन छाडेपछि उपचारबाट वञ्चित हुन पुगेका हुन् । उपचारका लागि स्वास्थ्य केन्द्रसम्म धाउनेलाई अहिले खाली हात फर्काउनुपर्ने अवस्था सिर्जना भएको केन्द्रका प्रमुख डा गनेश अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले केन्द्रमा ग्यास्टिक र रुघाखोकीको मात्र औषधि उपलब्ध छ ।
रुकुमपूर्वमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले गएको जेठ २६ गतेदेखि सेवा सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण