रुपन्देहीको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपी घाइते
रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहमा रहेका किशोरहरूलाई स्थानान्तरण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट जिल्ला प्रहरी डीएसपी नवरत्न पौडेलसहित दुई जना घाइते भएको जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, 'हाम्रो प्रहरीमाथि भित्रबाट आक्रमण हुँदा डीएसपी पौडेल र उनका बडीगार्ड घाइते भएका छन् । अहिले दुबैको अवस्था सामान्य छ ।' बाल सुधार गृहमा रहेका १८ वर्ष मुनिका किशोरहरूले भित्रबाट ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेको प्रहरीले जनाएको छ । बाल सुधार गृहमा क्षमता भन्दा बढी किशोर रहेका छन् ।
बाल सुधार गृहका किशोरहरूको अमर्यादित व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरी केही किशोरलाई स्थानान्तरण गर्न बालगृह पुगेको थियो । त्यहाँ अहिले ६० जनाको क्षमता भएपनि एक सय १० जनालाई राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण