पारिश्रमिक नपाएको भन्दै रुकुमका पत्रकारहरू आन्दोलनमा
रुकुम पश्चिममा पारिश्रमिक नपाएको भन्दै पत्रकारहरू आन्दोलित भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकाबाट सञ्चालनमा रहेको रेडियो नयाँ नेपालले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू श्रमजीवी-पत्रकार संघ र नेपाल संघर्ष समितिको नाममा आन्दोलित भएका हुन् ।
पहिलो चरणको आन्दोलन अन्तरगत आज विरोध र्याली निकालिएको हो । नगरपालिकाको राडी बजारमा पिडित पत्रकारहरुले र्याली निकालेका हुन् । श्रमजीवी-पत्रकार संघ, नेपालको अगुवाइमा भएको आन्दोलनमा नेपाल पत्रकार महासंघ र विभिन्न पत्रकार संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन् । विरोध र्‍यालीमा पिडित पत्रकारसहित जिल्लास्थित अन्य पत्रकारहरुको सहभागिता रहेको थियो । राडी बजार परिक्रममा गरेर र्याली रेडियो नयाँ नेपाल अगाडि पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बोल्दै पिडित पत्रकारहरुले आफुहरुले पाउनुपर्ने पारिश्रमिक तत्काल उपलब्ध गराउन रेडियो प्रशासन तथा संचालक समितिसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण