नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ
अर्घाखाँचीमा गत जेठ १ गते देखि यता एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको प्रहरीले खुलासा गरेको छ ।
सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो । तत्पश्चात ती बालिकालाई बलात्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलासा भएको हो ।
पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै र अन्य लोभ लालच समेत देखाउँदै बलात्कारको शिकार बनाएकी थिइन् ।
त्यस यता पनि उनले आफ्नो घरमा र पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले ती दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।
उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिए ।
बलात्कार पश्चात उनको स्वास्थ्य अवस्था बिग्रिँदै गए पछि कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेकी छन् । उनी घरमा समेत बेला बेलामा बर्बराउँदै मध्यरातमा बाहिर जाने गरेकी छन् । बालिकालाई बलात्कार गरे, गराए पश्चात उनलाई कसैलाई जानकारी दिए कुट्ने मार्ने लगायतको धम्की दिदै थप मानसिक पीडा दिदै आएको समेत बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण