'सर्वगुण सम्पन्न'मा वाणी पोर्नस्टार !
अभिनेत्री वाणी कपुरले फिल्म ‘शुद्ध देशी रोमान्स’बाट बलिउडमा पाइला चालिन् । जुन फिल्ममा उनको सीमित दृश्य मात्र थियो । तर पनि उनलाई दर्शकले ‘नोटिस’ गरे । फिल्म ‘वार’ र ‘बेल बटम’ जस्ता फिल्ममा उनको दमदार उपस्थितिले दर्शकलाई केही राहत मिल्यो । केही फिल्ममा गरेको सशक्त अभिनयले उनी एक नयाँ फिल्ममा भने बिल्कूल फरक अवतारमा देखिँदैछिन् ।
यिनै वाणीले एक सोसियल—कमेडी फिल्म ‘सर्वगुण सम्पन्न’ मा हस्ताक्षर गरेकी छन् । जुन फिल्मलाई दिनेश भिजनको म्याडडक फिल्मले निर्माण गर्दैछ । महिला केन्द्रीत यो फिल्मले सन् ९० को दशकको कथा बोल्नेछ । जसमा वाणीले ‘पोर्न स्टार’को चरित्र निभाउँदै छिन् ।
‘दिनेश भिजनले उच्च सोच र विकसित कथासहित एक सानो ठाउँको लोकप्रिय पोर्न स्टार महिलाको भूमिकामा अभिनय गर्नेछिन् । फिल्ममा वाणी संघर्षशील, बोल्ड र आफ्नो अस्तित्वका लागि लड्ने एक सशक्त महिला चरित्रमा देखिनेछिन्,’ फिल्म निकट स्रोतले भन्यो ।
फिल्ममा सोनाली रतनको डेब्यू निर्देशन रहनेछ । सोनाली फिल्मकर्मी कुनाल देशमुखकी श्रीमती हुन् । उनले यसअघि ‘जन्नत’, ‘तुम मिले’, राजा नटरवाल’ र ‘सिद्धत’ जस्ता फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेकी छन् ।
सन् २०१३ मा फिल्ममा पाइला चालेकी वाणीले पहिलोपटक ‘सर्वगुण सम्पन्न’मा मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्दैछिन् । फिल्मको छायांकन केही महिनाभित्रै सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण