तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य
बुधबार, ०८ असार २०७९, ११ : ०३
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आज हिजो मंगलबारको तुलनामा सुनचाँदीकै कारोबार मूल्य घटेको जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आजको दरभाउ तोक्दै हिजो मंगलबारको तुलनामा १० रुपैयाँ घटेर कारोबार सुरू भएको बताएको छ । हिजो मंगलबार चाँदी १२ सय ६५ रुपैयाँ थियो । जुन, आज घटेर १२ सय ५५ रुपैयाँ आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण