सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको मृत्यु
बुधबार, ०८ असार २०७९, १८ : ११
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा ५ जना सवार रहेका थिए ।
जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले बताए ।
ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान प्रहरीको छ । गाडी सडकबाट २० मिटर तल खसेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण