विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जनकपुरले गरेको बजार अनुगमनका क्रममा जनकपुरधामस्थित मिथिला थाली प्रा.लि. कारबाहीमा परेको छ ।
खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरेको पाइएपछि उक्त होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोसहितको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा मिथिला थालीमा गम्भीर त्रुटीहरू फेला परेका थिए ।
विभागका अनुसार उक्त होटलले खानेकुरामा अखाद्य कृत्रिम रङ्गको प्रयोग गरेको भेटिएको थियो । अनुगमन टोलीले अखाद्य रङ्ग प्रयोग गरी तयार पारिएको करिब ५ केजी ब्याटर (पिठोको घोल) समेत नष्ट गरेको छ ।
निरीक्षणका क्रममा होटलको भान्छा कोठाको सरसफाइ अत्यन्तै न्यून रहेको, भान्छा र भाँडा माझ्ने स्थान एउटै ठाउँमा रहेको र यसअघि दिइएका निर्देशनहरू समेत पालना नगरेको पाइएको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीमार्फत होटललाई तत्काल २५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
सोही अनुगमनका क्रममा रामानन्द चोकमा रहेको सृष्टि वैष्णव होटललाई पनि दर्ता बिना व्यवसाय सञ्चालन गरेको र पटक-पटक प्रयोग गरिएको कमसल तेलमा जेरी तथा समोसा पकाएको भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विभागले जनकपुरका अन्य ६ वटा मिठाई तथा नास्ता पसलहरूको पनि अनुगमन गरेको थियो । रघुपति मिष्ठान्न भण्डार, स्वादिष्ट नास्ता पसल, शुभलक्ष्मी नास्ता पसल, मोहन माहाराजाजी नास्ता पसल, गुड्डु होटल र होटल सीराशरणमा गरिएको अनुगमनमा पनि सरसफाइको कमी, लेवल नभएका सामानको प्रयोग र मसीजन्य कागजमा राखेर खानेकुरा बिक्री गरेको पाइएको छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार कुल ८ वटा व्यवसायको अनुगमन गर्दा जम्मा ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ भने कैफियत देखिएका पसलहरूलाई सुधारका लागि कडा निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण