तुलसीपुर उपमहानगरपालिकाद्वारा १ अर्ब ८६ करोड ४६ लाखको बजेट प्रस्तुत
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि एक अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ । उप–महानगरपालिकाको ११ औं नगरसभाले आफ्नो नीति तथा कार्यक्रमसहित उक्त बजेट सार्वजानिक गरेको हो ।
उपमहानगरपालिकाले चालूगत तर्फका कार्यक्रमहरु, प्रशासनिक खर्च र कार्यालय सञ्चालनतर्फ कुल खर्च रु. ४७ करोड ७२ लाख ७७ हजार रहेको छ । कुल बजेटको चालूगत २५.५९ प्रतिशत रकम विनियोजन गरेको हो । त्यस्तै विकास र शसक्तीकरण कार्यक्रमहरु, सशर्तका कार्यक्रमहरु तर्फ कुल खर्च १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार रहेको छ । पुँजीगततर्फ उपमहानगरपालिकाले कुल बजेट खर्चको ७३.९९ प्रतिशत विनियोजन गरेको छ ।
जसमा उपमहानगरपालिकाले आन्तरिक श्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजश्व बाँडफाँड, मालपोत रजिष्टेशनबाट १० करोड, बैक मौज्दात रु ४ करोड ५० लाख गरी कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख विनियोजन गरेको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानीकरण अनुदान ३३ करोड ६२ लाख, सशर्त अनुदान ६२ करोड ९१ लाख, समपूरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजश्व बाँडफाँड रकम रु २३ करोड ५५ लाख ३ हजार रहेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण