घोराही उपमहानगरपालिकाद्वारा २ अर्ब ३२ करोड ९० लाखको बजेट प्रस्तुत
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० नीति योजना कार्यान्वयनका लागि २ अर्व ३२ करोड ९० लाख ९१ हजार विनियोजन गरेको छ । उपमहानगरपालिकाको ११ औं नगरसभाले आगामी आर्थिक वर्षका लागि उक्त बजेट शुक्रबार विनियोजन गरेको हो ।
विनियोजित बजेटमध्ये उपमहानगरपालिकाले १ अर्ब, २५ करोड ४१ लाख ८१ हजार अर्थात कुल बजेटको ५३.८५ प्रतिशत चालूगत र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात कुल बजेटको ४६. १५ प्रतिशत बजेट पुँजीगत तर्फ विनियोजन गरेको छ ।
उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्षका लागि नीति तथा योजना कार्यान्वयनका लागि बजेट सार्वजानिक गर्दै आन्तरिक आय तर्फ ३२ करोड, वित्तिय समानीकरण अनुदानतर्फ ३५ करोड ९५ लाख , राजश्व बाँडफाँडतर्फ २५ करोड ७६ लाख ५८ हजार, संघीय राजश्व बाँडफाँटतर्फ ७ लाख संघीय सशर्त अनुदानतर्फ ७१ करोड, २ लाख, समपूरक अनुदानतर्फ १ करोड र विशेष अनुदानतर्फ २ करोड रुपैया विनियोजन गरेको हो ।
त्यस्तै प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड, ६७ लाख २५ हजार, राजश्व बाँडफाँडतर्फ ४ करोड ४४ लाख ५७ हजार अनुदानतर्फ १ करोड ६० लाख, समपूरक अनुदानबाट ३ करोड र विशेष अनुदान ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा अपुग हुन आउने रकम ५३ करोड ५८ लाख ५१ हजार गत आर्थिक वर्षको बैंक मौज्दातबाट उपमहानगरपालिकाले व्यहोर्ने समेत बजेट वक्तव्यमार्फत उपमहानगरपालिकाले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री शाहद्वारा एमालेका चार मन्त्री बर्खास्त
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण