चामुण्डाबिनद्रासैनी नगरपालिकाको बजेट ४८ करोड ६९ लाख
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ४८ करोड ६९ लाख ९१ हजारको अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको छ । शुक्रबार ११ औँ नगरसभामा उपप्रमुख मनसरा शर्माले शिक्षा, पुर्वाधार विकास, स्वास्थ्य खानेपानी तथा सरसफाई र कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेकी हुन् ।
आन्तरिक आय चालु आर्थिक वर्षमा २८ लाख मात्र रहेको छ भने आगामी आवमा ४० लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले नागरिकको स्वास्थ्य पहुँचमा जोड्नको लागि विन्द्रासैनी स्वस्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नती गर्नको लागि ५० लाख विनियोजन गरेको छ भने शिक्षा क्षेत्रमा २ करोड ६६ लाख विनियोजन गरेको छ ।
यसैगरी नगरपालिकाले राज्यबाट कुनै प्राप्त नगरेका ५९ वर्षदेखि ६७ वर्ष उमेर समुहका जेष्ठ नागरिक, अनाथ⁄टुहुरा बालबालिकाको लागि आवश्यक सहयोग रकमको लागि ३० लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले वडास्तरीय योजना तथा कार्यक्रमको लागि वडा नं. १ मा २४ लाख ६० हजार ,वडा नं.२ मा २५ लाख २७ हजार , वडा नं.३ को लागि २३ लाख ३६ हजार , वडा नं. ४ मा २४ लाख ८१ हजार , वडा नं. ५ मा २४ लाख ७३ हजार , वडा नं. ६ मा २५ लाख ८ हजार वडा नं. ७ मा २४ लाख २३ हजार , वडा नं. ८ मा २३ लाख ६ हजार र वडा नं. ९ मा २२ लाख ८० हजार रकम विनियोजन गरिएको नगरप्रमुख गणेश कुमार शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण