बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३५ करोडको बजेट
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको एघारौँ अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
उपमहानगरको आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको उनले बजेटमा उल्लेख गरेकी छन् ।
उनले राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको अन्य ३४ करोड ५८ लाख रुपैयाँ रहेको जनाएकी छन् ।
बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसर परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने उपप्रमुख अर्यालले बताइन्
बजेटमा बुटवल उपमहानगरले यस पटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख बनाएको छ । बुटवल उपमहानगरपालिकाको बजेटले राजस्वका दरलाई वृद्धि नगरी विभिन्न क्षेत्रमा लाग्ने करमा छुट दिएको छ ।
उपमहानगरपालिकाले सम्पत्ति कर, बहालका, हाटबजार बैठकी, ई रिक्सा नवीकरण/रुट इजाजत जस्ता कर तथा गैर करका दरहरू कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
यस्तै सम्पत्ति कर र भूमि कर २०७९ कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने, पेसा व्यवसाय कर र घर बहाल करमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने प्रस्ताव बजेटमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण