पोखरामा पहिरोले खोला थुनिँदा डेढ सय घर डुबे, प्रभावितलाई सुरक्षित स्थानमा सारियो
शनिबार, ११ असार २०७९, १० : ०९
अविरल वर्षासँगै पोखराका ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुबानमा परेको छ । शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढ सय घर डुबेको छ ।
पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए ।
वस्तीसँगै व्यावसायिक फार्महरूमा पूर्ण क्षति भएको उनको भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अवरुद्द भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण