काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ
आइतबार, १२ असार २०७९, १२ : ३५
प्रहरीले काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित खाजा घरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्राप्त सूचनाअनुसार खानतलासी गर्दा कटुवा पेस्तोल, सोको एक थान गोली र एक थाल खोका बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरी प्रभाग गोंगवु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, धोबीचौर घर भई काठमाडौं महानगरपालिका–१५ वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३० वर्षका राजु विकलाई उक्त हतियार र गोलीसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण