राज्यमन्त्री विमला वली प्रकरण : प्रतिवेदन तयार पार्दै छानविन समिति
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणका सम्बन्धमा मन्त्रीस्तरीय छानबिन टोलीले प्रतिवेदन तयार गर्न सुरु गरेको छ । राज्यमन्त्री वली गत जेठ ३१ गते सुरक्षागार्डसहित तुलसीपुर उपमहानगरपालिका ५ का वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर विवाद गरेको घटना बाहिरिएको थियो । सो घटनालगत्तै बनेको मन्त्रीस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गर्न सुरु गरेको हो ।
छानबिन समितिको टोलीले घटनास्थलमा पुगेर दुवै पक्षसँग बुझेपछि प्रतिवेदन निर्माणको तयारी सुरु गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जानकारी दिए । सरकारले असार १ गते मन्त्री शर्माकै नेतृत्वमा छानबिन समिति बनाएको थियो । छानबिन समितिमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् ।
छानबिन समितिलाई असार १५ गतेसम्म प्रतिवेदन बुझाउन भनिएको छ । छानबिन समितिका संयोजक शर्माले रातोपाटीसँग भने, ‘प्रतिवेदन बन्दैछ, जे छ प्रतिवेदनमा लेखिन्छ, अहिले केही बोल्न मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण