गुल्मीमा सरकारी भवन पहिरोले भत्कायो
आइतबार, १२ असार २०७९, २२ : ४०
गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो । जिल्लाको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकको घारा डाँडामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कफी जोन कार्यक्रम अन्तर्गत निर्माण भएको कफी प्रशोधन केन्द्रको भवन भत्किएको हो ।
वडाध्यक्ष जितबहादुर तरामुका अनुसार यसै आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट कफी प्रशोधन केन्द्र भवन निर्माणका लागि करिब २० लाख रकम परेको थियो । भवन निर्माणको काम सकेर कफी प्रशोधन गर्ने मेशिन मगाएर उद्घाटनको तयारी भैरहेका बेला भवन भत्किएको हो । माथिबाट एक्कासि खसेको पहिरोले पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण