जालले धानेको जीवन
आफ्नै सुरमा उर्लिरहेको राप्ती नदी, मध्यान्हको चर्को घाम, घामले डढेको कालो अनुहार, जाल हान्ने अनि तान्ने, जालमा आएका माछालाई भाँडोमा सङ्कलन गर्ने । दैनिक यही सिलसिलामा व्यस्त हुन्छन् बचनलाल अहिर ।
दाङको राप्ती गाउँपालिका–१ बस्दै आएका उनी रौतहट जिल्लाको चन्द्रनिगाहपुर–१ का स्थायी बासिन्दा हुन् । यद्यपि, २२ वर्षदेखि राप्ती नदीसँग उनको सामिप्यता बढेको छ । रौतहटदेखि दाङसम्मको यात्राका क्रममा बाटोमा अनेक नदी रहे पनि कर्मले उनलाई राप्तीमै ल्याएर छोड्यो ।
सम्पत्तिको नाममा उनको घरबासमात्र थियो । २०५० सालको बाढीले घरबास लग्यो । उठीबास लागेपछि गाँस र बासको खोजीमा भौतारिनुपर्ने अवस्थामा पुगे उनी ।
आङको एकसरो लुगासँग श्रीमती, ३ छोरा र एक छोरी बोकेर उनी गाँस र बासको खोजीमा निस्किए । हातमा जीवन धान्ने कुनै सिप थिएन । अलिअलि माछा मार्ने सिप थियो । राप्ती नदी देखेपछि उनलाई जीवन धान्ने आश जाग्यो र उनी यहीँ ओर्लिए ।
२२ वर्षअघिको परिस्थिति सुनाउँदै उनले भने, ‘हामीसँग हातमा केही थिएन । बाढीले उठीबास लगायो । बास–गाँस खोज्न हिँड्यौँ । झोलामा एउटा जालो थियो । नदी बगेको देखेपछि हामी बसबाट यहीँ ओर्लिहाल्यौँ ।’
माछा मारेर भए पनि बाँचिन्छ भन्ने आशले आफूहरू राप्तीमा बस्न थालेको उनले सुनाए । उनले बाह्रै महिना आफू नदीमै निर्भर रहने बताए । ‘एक दिन माछा मार्न नआए हाम्रो चुलो बल्दैन,’ उनले भने ।
जीवन त जसोतसो चलिरहेको छ । छोराछोरीलाई पढाउन नसकेकोमा चिन्ता छ उनलाई । अरूका छोराछोरी स्कुल गएको देख्दा आफ्ना छोराछोरीको अवस्थाले गिज्याउँछ उनलाई । तर उपाय केही नभएपछि सबै सहनुपर्ने रहेछ भन्ने अनुभव हासिल गरेका छन् उनले ।
परिवारका कोही सदस्य बिरामी भएमा अर्को समस्या थपिन्छ उनलाई । आफू मुटुको रोगी भएको तर राम्रोसँग उपचार गराउन नसकेको पीडा पनि सुनाए उनले । ‘म मुटुको रोगी हो तर, औषधि खाने पैसा छैन, जतिसम्म बाँच्छु, यसरी नै बाँच्छु,’ उनले भने । आफू मरेको अवस्थामा परिवारको अवस्था के होला भन्ने पनि चिन्ता छ उनलाई ।
राप्ती नदीसँग यही पीडा साट्दै बाँचिरहेका माझी थुप्र्रै भेटिन्छन् । भालुवाङ बजारमा बसोबास गरिरहेका करिव २० माझी घरपरिवारको नुनतेलको जोहो नदीले टार्दै आइरहेको छ ।
दिनभरिमा एक किलो माछा मार्न पनि मुस्किल हुने उनीहरू सुनाउँछन् । बजारमा अहिले एक किलो माछाको करिब ६ सय रुपैयाँ दाम आउने उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण